अर्थमन्त्री विष्णुप्रसाद पौडेल

सरकारको प्राथमिकतामा सडक सुधार

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलोरहित सडक पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको दाबी गरेका छन् । गुणस्तरीय सडकमात्रै सरकारको परिकल्पनामा रहेको जनाउँदै उनले त्यसलाई सार्थक तुल्याउने काममा आफूहरु लागि परेको जिकिर गरे । त्यसैअन्तर्गत अहिले पूर्वपश्चिम राजमार्गको सडक स्तरोन्नति भैरहेको र मध्यपहाडी लोकमार्गको काम चलिरहेको जानकारी उपप्रधानमन्त्रीले गराए ।  सडक सुधारका लागि नीतिगत तथा कानुनी सुधारमा पनि सरकारले ध्यान दिइरहेको उनको भनाइ …