जनसेवा प्रहरी

राजधानीमा राजश्व अनुसन्धानका नक्कली कर्मचारीको आतंक

राजश्व अनुसन्धानका कर्मचारीको भेषमा व्यापारी तर्साउँदै हिँड्ने एकजना प्रहरीको फन्दामा परेका छन् । आफूलाई राजश्वको कमर्चारी भनेर न्युरोड क्षेत्रका व्यापारीसँग रकम असुली गरेको उजुरीका आधारमा जनसेवा प्रहरीले उनलाई आज नियन्त्रणमा लिएको छ ।  राजस्व विभागको नक्कली कार्ड देखाएर ती व्यक्तिले ठगी धन्दा चलाउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपमा एकजना पक्राउ परेको पुष्टि भएको छ ।  जनसेवा प्रहरीले अनुसन्धानकै क्रममा रहेकाले यसबारे थप विवरण दिन नमिल्ने जनाएको छ ।