प्रधानसेनापति 

पाँचथरमै रोकिए प्रधानसेनापति

कोशी प्रदेशका विभिन्न जिल्लास्थित ब्यारेकहरुको निरीक्षण भ्रमणमा गएका प्रधानसेनापति अशोकराज सिग्देल आज पाँचथरमा अड्किएका छन् । बिहान काठमाडौंबाट हेलिकोप्टरमा गएको प्रधानसेनापति नेतृत्वको टोली पहिले धनकुटा र त्यसपछि सुनसरी हुँदै झापा,पाँचथर पुगेको थियो ।  सेनाको हेलिकोप्टर एनए ०५८ अगुस्टा हेलिकोप्टरमा धनकुटा हुँदै इटहरी गएका प्रधानसेनापति त्यसपछि झापाको चन्द्रगढी पुगे । चन्द्रगढीबाट पाँचथर गई आज उतै बसेर भोलि झापाको चन्द्रगढी हुँदै उदयपुर,ओखलढुंगा पुग्ने कार्यक्रम रहे…