रविन्द्र मिश्र

हिरासत पुगेपछि कवि

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले हिरासतमा लेखेका कविताहरूको संग्रह सार्वजनिक गर्ने भएका छन् । काठमाडौं तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक घटनापछि पक्राउ परेपछि झण्डै दुई महिना हिरासतमा बसेका उनले ‘माथिको आदेश छ’ शीर्षकको कविता संग्रह ल्याउन लागेका हुन् । ‘फाइन प्रिन्ट’ले बजारमा ल्याउने उक्त पुस्तक आगामी भदौ २८ गते लोकार्पण मिति तय गरिएको छ । संग्रहमा मिश्रले ५० दिन हिरासतमा बस्दा लेखेका ३५ कविता समावेश गरिएको बताइन्…