त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

बुद्ध एअरको विमान बिजुलीको पोलमा ठोक्कियो

बुद्ध एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिजुलीको पोलमा ठोक्किएको छ । दिउँसो पौने ४ बजे भैरहवाबाट काठमाडौं विमानस्थलमा अवतरण गरेको उडान नम्बर बीएचए ८५८ को कल साइन ९ एन एओसी विमान रन वेबाट पार्किङतर्फ जाँदा पोलमा ठोक्किएको बताइन्छ ।  आन्तरिक उडानमा प्रयोग हुने विमान पार्किङ गर्ने क्रममा पार्किङ वे का लागि राखिएको फ्लड लाइट  र सिसी क्यामरा जडित पोलमा विमानको बायाँ पखेटा ठोक्किएको छ । पोल ढलेको छ भने विमानको पखेटाको लाइट इन्डिकेटर र सेन्सरमा…