नेपाल शिक्षक महासंघ

शिक्षकहरुलाई सडक उत्रन महासंघको आह्वान

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रति असन्तृष्टि जनाउँदै आन्दोलन आह्वान गरेको छ ।  महासंघ र सरकारबीच पटक-पटक भएका सहमति विपरित सरकारले विधेयक ल्याएको विरोधमा महासंघले शिक्षकहरुलाई आन्दोलनमा बोलाएको हो ।  ‘नेपाली शिक्षकहरुको न्यायिक माग र मुद्दाहरु सम्बोधन गर्न, सामुदायिक विद्यालय शिक्षाप्रति राज्यलाई जिम्मेवार बनाउन नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले लामो आन्दोलन, वार्ता संवाद, छलफल र सह…