वेश्यावृत्तिमा सामाजिक सञ्जालको प्रयोग, युवती चाहिएमा ह्वाट्सएप कलको अनुरोध
सामाजिक सञ्जालमा महिलाको तस्बिर दुरुपयोग गरेर ठगीमा संलग्न दुई जना पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका–६ बस्ने २४ वर्षीय गौरव जैन र भोजपुरको भोजपुर नगरपालिका–९ बस्ने ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ समातिएका हुन् ।
उनीहरुले सामाजिक सञ्जालमा ह्वाट्सएप नम्बरसहित महिलाहरुको तस्बिर राखेर ‘केटी चाहिएमा कल गर्नुस्’ लेखेका छन् । आफूलाई मन परेकी फोटो छान्ने र विद्युतीय कारोबारबाट तोकिएको मूल्य तिरेपछि छानिएको युवती पाइने उल्लेख गर्…