पोखरा एभेञ्जर्सको विराटनगर किङ्ग्समाथि रोमाञ्चक जित
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेञ्जर्सले विराटनगर किङ्ग्समाथि रोमाञ्चक जित निकालेको छ । पहिलोपल्ट सुपरओभरसम्म पुगेको खेलमा पोखरा हाबी भएको हो ।
सुरुमा टस जितेर ब्याटिङ्गमा उत्रिएको विराटनगर किङ्ग्सले १४० रनको लक्ष्य दिएको थियो । पोखरा एभेञ्जर्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएपछि खेल बराबरीमा रोकियो । योसँगै सुरपओभरमा पोखराले विराटनगरलाई १९ को लक्ष्य दिएको थियो । तर विराटनगरले पाँच रन मात्र बनाएकाले हार व्यहोरेको हो ।
विराटनग…