जाजरकोटका दुवै पदमा मतदान धमाधम
जाजरकोट नलगाड नगरपालिकाको उपमेयर पदका लागि मतदान जारी छ । बिहान ७ बजेदेखि मतदान शुरु भएकोमा ११ बजेसम्म २० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए ।
१६ वटा मतदानस्थलका २४ मतदान केन्द्रमा अहिले शान्तिपूर्ण मतदान भइरहेको छ । निर्वाचनमा नेपाली कांग्रेसबाट ईन्द्रा चन्द सिंह, नेकपा एमालेका सुनिता बोहरा, माओवादी केन्द्रबाट देवका लामिछाने ‘शोभा’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पार्वती पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा…