सोनिया गान्धीको बयान जारी, काँग्रेस कार्यकर्ताद्वारा देशव्यापी प्रदर्शन
भारतीय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीसँग मुद्रा शुद्धिकरण, विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने क्रममा आज पनि बयान लिइएको छ । भारतको इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी) ले गान्धीसँग नेशनल हेराल्ड अखबारसँग सम्बन्धित मुद्दामा आज पनि सोधपुछ गरेको हो ।
आजसहित गान्धी बयानको निम्ति तेस्रो पटक उपस्थित भएकी हुन् । आज उनी छोरी प्रियंका गान्धीका साथ इडीमा उपस्थित भएकी हुन् । उनीसँग हिजो पनि ६ घण्टा बयान लिएको थियो । नेसनल हेराल्ड अखबार र अनुसन्धानमा रहेको कम्पनी योङ इन्डियन प्रालिमा उनको संलग्नताको आरोप लागेको छ ।
यसैबीच, काँग्रेस कार्यकर्ताले गान्धीसँग गरिएको सोधपुछको बिरोधमा प्रदर्शन गरेका छन् । उनीहरुले मुम्बईको एउटा रेलवे स्टेशनमा रेल सेवा अवरुद्धको प्रयास गरेका छन् । काँग्रेस नेता तथा कार्यकर्ताले विपक्षी दलकी नेत्री गान्धीलाई दुःख दिएको भन्दै देशव्यापीरूपमा विरोध प्रदर्शन गरिरहेका छन् ।
टिप्पणीहरू