महाकालीबाट फर्केलगत्तै एमाले अध्यक्ष ओली मेचीतिर
सँधै मुलुकको हितबारे सोच्ने कुरा गर्दै आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव नजिकिँदै गएको बेला झापा केन्द्रित हुन थाल्नुभएको छ । अघिल्लो निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग आपसी सहमतिमा विजयी हुनुभएका उहाँ आगामी निर्वाचनको लागि प्रायः साता,१० दिनमा झापा पुग्न थाल्नुभएको छ ।
अघिल्लो साता मात्रै झापाबाट फर्कनुभएका उहाँ हिजो सुदूरपश्चिमको कञ्चनपुर पुग्नुभएको थियो । ‘राष्ट्रवादी नेता’ तथा अध्यक्षको नाताले मुलुकभरका १ सय ६५ निर्वाचन क्षेत्रलाई नै समेटेर चुनावमा होमिनुपर्ने जिम्मेवार पार्टी अध्यक्ष गृह जिल्ला र गृह निर्वाचन क्षेत्रमा केन्द्रित भएपछि अरु नेताले चिन्ता पोख्न थालेका छन् ।
उहाँ आज दिउँसो ३ बजे सौर्य एअरलाइन्सको उडानबाट झापाको भद्रपुर जानुभएको छ । हिजो कञ्चनपुर पुगेर आगामी निर्वाचनमा एमाले एक्लैले डेढ सय सिट जित्ने दाबी गर्नुभएको थियो ।
टिप्पणीहरू