विद्यालय कर्मचारीको तलब तोकियो
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले विद्यालय कर्मचारीहरुको तलब तोकेको छ ।
नगरपालिकाले विद्यालय सहयोगी, विद्यालय सहायक (लेखापाल), सामुदायिक सिकाई केन्द्र परिचालक र बालविकास केन्द्र सहयोगी कार्यकताको तलब निर्धारण गरेको हो ।
नगर कार्यपालिकाको गत भदौ १७ गतेको निर्णयले संघीय स्रोत र नगरपालिकाको चालु आर्थिक वर्ष २०७९–८० को स्वीकृत बजेटअनुसार तलब कायम गरेको छ ।
विद्यालय सहयोगीले संघीय स्रोत र स्थानीय स्रोत गरी १५ हजार रुपैयाँ मासिक तलब पाउने छन् ।
त्यसैगरी, लेखापाललाई १८ हजार, परिचालकलाई १६ हजार र बालविकास केन्द्र सहयोगी कार्यकर्तालाई १८ हजार तलब दिइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै सोहीअनुसार तलब कायम गर्न भनेको छ ।
टिप्पणीहरू