टिकटका आकांक्षीहरुको गाडी भारतीय, झण्डा चार तारे
आगामी संसदीय निर्वाचनको निम्ति टिकट हात पार्न आकांक्षीहरु शीर्ष तथा प्रभावशाली नेताको घर चाहर्न थालेका छन् । पर्सि र सोमबार समानुपातिक उम्मेदवारको बन्दसूचीको प्रारम्भिक नाम पेश गरिँदैछ ।
त्यसपछि प्रत्यक्ष निर्वाचनमा उठ्न खोज्नेको नाम तय गरिने प्रायः सबै दलले जनाएका छन् । टिकटको निम्ति नेपाली काँग्रेस, एमाले, माओवादी र मधेशवादी दलभित्र हानाथापको स्थिति छ ।
तराइका जिल्लाबाट राजधानी आएका नेपाली काँग्रेसका जिल्ला तहका नेताहरुले भारतीय नम्बर प्लेटको गाडीमा नेपाली काँगे्रसको झण्डा फहराएको पाइएको छ । उनीहरुले बिहार र उत्तर प्रदेशबाट भाडामा ल्याएका त्यस्ता गाडी चुनावको समयमा धेरै प्रयोग गर्ने गरेको विगतमा समेत देखिएको थियो ।
गत महाधिवेशनमा पनि काँग्रेसी नेता तथा कार्यकर्ताले यसैगरी भारतीय नम्बर प्लेटको गाडीमा झण्डा हल्लाउँदै भाग लिएका थिए ।
टिप्पणीहरू