खोटाङका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना

खोटाङका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा नबुझाउने खोटाङका विभिन्न स्थानीय तहका मेयर र उपमेयरका १५ उम्मेदवार कारबाहीमा परेका छन् ।

पटक–पटक ताकेता गर्दा पनि निर्वाचन खर्च बुझाउन बेवास्ता गरेको भन्दै आयोगले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पाँच र हलेसी तुवाचुङ नगरपालिकाका १० जना उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना तिर्न निर्देशन दिएको हो ।

जसमा दिक्तेल रुपाकोट मझुवागढीमा राप्रपाबाट मेयरमा लडेकी चन्द्रकुमारी राई, एमालेका कुमारप्रसाद आचार्य, राप्रपाका जीवनकुमार श्रेष्ठ, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राई र एमालेबाट उपमेयरमा उठेका बिणादेबी राई रहेका छन् ।

हलेसी तुवाचुङमा कांग्रेसबाट मेयरमा उठेकी बिमला राई (निर्वाचित), एमालेका खडेन्द्र राई, जसपाका अञ्जिल राई, माओवादी केन्द्रका रुसिका राई, मंगोल नेशनल अर्गनाइजेसनका बिनेश राई, राप्रपाका छत्र पुरी र खम्बूवान राष्ट्रिय मोर्चाका तुलसीकुमार राईलाई आयोगले उक्त जरिवाना तोकेको हो ।

आयोगले सोही पालिकाका कांग्रेसबाट उपमेयर लडेका रमेशकुमार राउत (निर्वाचित), माओवादी केन्द्रका अमेम्बर राई र एमालेका तुलसा बुढाथोकीलाई साँढे चार लाखका दरले जरिवाना तिर्न निर्देशन दिएको छ ।

टिप्पणीहरू