प्रतिगमनविरुद्ध नागरिक आन्दोलन
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नागरिक आन्दोलन शुरु भएको छ । आज मंगलबार प्रज्ञा प्रतिष्ठान, कमलादीमा बृहत नागरिक आन्दोलनले सभा गरेको हो ।
प्रधानमन्त्री ओलीले संविधानलाई कुल्चेर जननिर्वाचित संस्था विघटन गरेको भन्दै नागरिक समाजका अगुवाहरुले यसअघि नै बृहत नागरिक आन्दोलनको आवश्यकतामाथि जोड दिँदै आएका छन् । संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद भंग गरिएको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीको कदमलाई अलोकतान्त्रिक,असंवैधानिक र प्रतिगामी भनेका हुन् ।
संसद विघटनविरुद्ध राजनीतिक दल, विभिन्न संघ संगठनहरुले पनि लगातार प्रदर्शन र विरोध कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
सभामा नेपाल बार एशोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ,पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, उपत्यका सडक विस्तारका अभियन्ता तथा सामाजिक अभियन्ता विद्या श्रेष्ठ, आदिवासी जनजातिका प्रतिनिधि मुक्तासिं तामाङ, तराई मधेसी अभियन्ता प्रतिनिधि सीएन थारु, बृहत् नागरिक आन्दोलनका अभिनयन्ता युग पाठकलगायतको उपस्थिति थियो ।
टिप्पणीहरू