रुन्चे डाँडामा आरने राईको समूह
भ्रष्टाचारविरुद्ध हस्ताक्षर संकलन कार्यक्रम काठमाडौँमा शुरु भएको छ । ‘स्वतन्त्र नागरिक अभियान’ ले आजदेखि हस्ताक्षर संकलनको अभियानको औपचारिक रुपमा थालेको छ ।
स्वतन्त्र नागरिक अभियानका संयोजक आरने राईको नेतृत्वमा आज गौशाला चोक नजिक रुन्चे डाँडामा भएको हस्ताक्षर संकलन कार्यक्रममा अभियन्ता ललित सेन सुनुवार, सुरेश घिसिङ, कल्पना राई, सुवास घिसिङ, सरिता राईलगायतको उपस्थिति रहेको छ ।
कार्यक्रमस्थलमा ‘तत्काल जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था गर’, ‘अनिवार्य स्वदेशी वस्तुहरू प्रयोग गर्ने नीति लागू गर’, ‘विदेशमा भएका नेपाली नागरिकलाई मताधिकार प्रयोग गर्ने अनलाईन व्यवस्था गर’, ‘नोट चल्ने भोट नचल्ने विभेदकारी नीतिको अन्त्य गर’, ‘राज्यका प्रत्येक अङ्गमा पूर्ण समानुपातिक व्यवस्था गर’, जस्ता माग राखिएका प्लेकार्ड प्रदर्शन गरिएको छ ।
टिप्पणीहरू