एकातिर राष्ट्रिय झण्डा दिवस, अर्कोतिर ‘कालो दिन’

एकातिर राष्ट्रिय झण्डा दिवस, अर्कोतिर ‘कालो दिन’
सुन्नुहोस्

आज सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । सो अवसरमा काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको झण्डासहित र्याली निकालिएको छ । 

सन् १९६२ डिसेम्बर १६ अर्थात् २०१९ पुस १ गते संयुक्त राष्ट्र संघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरिएको दिनको सम्झनामा सात वर्ष अघिदेखि पुस १ गते राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो । 

तर, पुस १ गतेलाई राजनीतिक रुपमा कालो दिन मान्ने गरिन्छ । २०१७ पुस १ गतेका दिन नेपालको इतिहासमा प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन राजा महेन्द्र शाहले अपदस्थ गरेकाले उक्त दिनलाई ‘कालो दिन’ भन्ने गरिएको छ । मुलुकमा पञ्चायती निरंकुश राजतन्त्र उदयको प्रारम्भको रुपमा सो दिनलाई मान्ने गरिएको छ ।

तस्बिरहरुः

टिप्पणीहरू