‘इन्टेलिजेन्ट ट्राफिक लाइट’ पछि ललितपुरमा ट्राफिक समस्या हट्ने
ललितपुर महानगरपालिकाले आजदेखि ‘इन्टेलिजेन्ट ट्राफिक लाइट’ सञ्चालनमा ल्याएको छ । मेयर चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडि राखिएको चोकमा उक्त सिष्टमको उद्घाटन गरेका छन् ।
पहिलो चरणमा कुपण्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरिएको छ । भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधनको संख्या तत्काल रिड गरेर ट्राफिक लाइटको चिप तथा सर्भरलाई जानकारी गराउँछ । सोही आधारमा इन्टेलिजेन्स प्रणालीमा आधारित सिस्टमले सवारीसाधन धेरै रहेको ठाउँमा हरियो बत्ती बल्ने भएकाले ट्राफिक जामको समस्या कम हुने दाबी गरिएको छ ।
यो लाइटमा सवारीसाधन र दुर्घटनाको तथ्याङ्क पाँच वर्षसम्म भण्डारण गर्ने क्षमता छ ।
टिप्पणीहरू