पूर्वराजा–रानी १४ दिनमा निर्मल निवास जाने, झलनाथ २७ गतेसम्म नर्भिकमै रहने

पूर्वराजा–रानी १४ दिनमा निर्मल निवास जाने, झलनाथ २७ गतेसम्म नर्भिकमै रहने

कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक अस्पतालमा भर्ना हुनुभएका पूर्वराजा ज्ञानेन्द्र र रानीको स्वास्थ्यमा सुधार आएको कारण चार दिनपछि डिस्चार्ज हुने बताइएको छ ।

स्रोत भन्छ,‘आज पूर्वरानी कोमललाई आइसियुबाट माथिल्लो तलाको प्राइभेट क्याबिनमा सार्ने तयारी छ । भर्ना हुनुभएको १० दिन भयो,अब बढीमा चार दिन राखिन्छ ।’

छोरी प्रेरणासमेत संक्रमण पुष्टि भएपछि एकैदिन भर्ना भएकाले तीनै जनाको डिस्चार्ज पनि एकै चोटी गरिने बताइएको छ ।

यता,कोरोना संक्रमण पुष्टि भएपछि सोही अस्पतालमा भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल भने अझै केही दिन अस्पतालमै रहनुहुने भएको छ । नेगेटिभ नआएसम्म घर पठाउन नमिल्ने भएकाले उहाँ २७ गते प्रधानमन्त्रीको विश्वासको मतको निम्ति संसद भवन जान नसक्ने पक्का भएको छ ।

यसबीच डलर अर्बपति विनोद चौधरीका कान्छा छोरा बरुण चौधरीको पनि नर्भिकमा उपचार भइरहेको छ । उनी प्रायः नयाँ दिल्लीमा बस्थे ।

दुई हप्ताअघि काठमाडौं आएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यहिँ भर्ना गरिएको हो । निकै गाह्रो भएपछि बरुणको प्लाज्मा थेरापीबाट उपचार गरिएको स्रोतले बताएको छ ।

टिप्पणीहरू