त्रिविले स्नातक तहमा भर्ना खोल्यो

त्रिविले स्नातक तहमा भर्ना खोल्यो

त्रिभुवन विश्वविद्यालय (टियु)ले स्नातक तहमा मानविकी तथा सामाजिकशास्त्र संकायको भर्ना फाराम खुल्ला गरेको छ । टियुले आज सूचना निकालेर भर्ना सम्बन्धी जानकारी गराएको हो ।

मानविकी संकाय अन्तर्गतका क्याम्पसहरुमा वार्षिक प्रणाली अनुसार शैक्षिक वर्ष २०७८।०७९ का लागि स्नातक तह प्रथम वर्षमा भर्ना खुलेको हो । भर्ना भएका विद्यार्थीहरुले २०७९ बैशाख मसान्तसम्ममा रजिष्ट्रेशन फाराम भरी परीक्षा नियन्त्रण कार्यालय र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु पर्ने टियुले जनाएको छ ।

सूचनामा विद्यार्थीहरूले अतिरिक्त एकप्रति पासपोर्ट साइजको फोटो र त्यसको पछाडि नाम लेखी पठाउन भनिएको छ । त्यस्तै, रजिष्ट्रेशन फाराम भरेका विद्यार्थीहरूको रजिष्ट्रेशन नं परीक्षा नियन्त्रण कार्यालय र क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयबाट २०७९ जेठ मसान्तसम्म सम्बन्धित क्याम्पसहरूमा पठाई सक्नुपर्ने पनि उल्लेख गरिएको छ ।

आवेदन दिँदा फारामसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि बुझाउनुपर्ने भनिएको छ । विद्यार्थी भर्नाको लागि १२ कक्षाको स्तरीकृत अङ्क न्यूनतम डी प्लस हुनुपर्ने बताइएको छ ।

टिप्पणीहरू