प्रधानमन्त्री कार्यालयबाट लामखुट्टे मार्न शुरु

प्रधानमन्त्री कार्यालयबाट लामखुट्टे मार्न शुरु
सुन्नुहोस्

तीव्ररुपमा फैलिरहेको डेँगु नियन्त्रणको लागि 'लामखुट्टे खोज र नष्ट गर' अभियान सिंहदरबारबाट शुरु भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा लामखुट्टे नष्ट गरेर आजबाट अभियान थालनी गरिएको हो । मुख्य सचिव एकनारायण अर्यालले कार्यालय परिसरमा लामखुट्टे नष्ट गर्ने ग्यास छर्किएर अभियानको शुभारम्भ गर्नुभयो । 

उहाँले विभिन्न कार्यालय प्रमुखहरुलाई आफ्नो परिसरमा रहेका पानी जम्ने ठाउँ, फोहोर जम्मा गर्ने ठाउँ तथा प्रयोगविहिन सवारी साधनहरुमा लामखुट्टेको लार्भा नष्ट गर्न पनि निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहान एक भिडियो सन्देश जारी गर्दै डेँगुबाट बच्न सचेत गराउँदै लामखुट्टे नियन्त्रणमा लाग्न सबैलाइ आग्रह गर्नुभएको छ । 

लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्न आग्रह गर्दै भन्नुभएको छ, ‘डेंगु नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु ।’

पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि डेंगु नियन्त्रणको लागि विभिन्न अभियान चलाइरहेको छ ।

टिप्पणीहरू