केरकारपछि महन्थ र रञ्जितालाई गराइयो सचेत

केरकारपछि महन्थ र रञ्जितालाई गराइयो सचेत

विपक्षी मोर्चाको बैठकमा सहभागी भएकोमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ ‘केरकार’मा परेका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा ठाकुर र श्रेष्ठसँग प्रधानमन्त्रीले यसबारे सोधपुछ गर्नुभएको बताइएको छ । दुवै जनालाई विपक्षी दलको छलफलमा गएको विषय के कसो हो ? भनेर प्रधानमन्त्रीले गम्भीररुपमा सोधेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

‘तपाईहरुलाई केही चित्त बुझेन कि हामीसँग ?, अस्ति बानेश्वर जानुभएछ’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै नी नेताले भने, ‘हामी छायाँमा पर्यौ कि भन्ने लागेको भए त्यस्तो महशुस गर्नुपर्दैन, सरकार तपाईं हामीले नै सञ्चालन गर्ने हो ।’

जवाफमा ठाकुरले ‘बाढी पहिरो राहतको विषयमा छलफल गर्ने भनेर बोलाए, म गएँ, तर त्यहाँ कुरा अर्कै रहेछ’ भन्ने जवाफ दिएका थिए । त्यस्तै रञ्जिताले पनि बैठकको विषयमा विस्तृत जानकारी नगराई ‘बानेश्वर आउनु’ भन्ने सन्देशको आधारमा गएको बताइन् । 

प्रधानमन्त्री ओलीले आगामी दिनमा यस्तो गल्ती नदोहोरियोस् भन्दै दुवैलाई सचेत गराएको बताइन्छ ।

टिप्पणीहरू