जिउँदो उपराष्ट्रपतिलाई श्रध्दाञ्जली

जिउँदो उपराष्ट्रपतिलाई श्रध्दाञ्जली

उपराष्ट्रपति नन्दबहादुर पुनलाई शहीद दिवशको अवसरमा हार्दिक श्रध्दाञ्जली दिइएको छ । पुनको जनसेनामा छँदाको पोट्रेट फोटो सामाजिक सञ्जालमा पोष्ट गरेर श्रध्दाञ्जली दिइएको हो ।

अपिल गुरुङले ट्वीटरमा दिएको उक्त श्रध्दाञ्जलीमा धेरैले कमेन्ट गरेका छन् । साइबर कानुन आकर्षित हुने ढंगले लेखिएको उक्त श्रद्धाञ्जलीमा हरि कट्टेलले भनेका छन्,‘बैंक लुट्न जाँदा वारदातमा मरेको,साइनो न सपनाको माओको कुरुप खाओ राजनीति नेपाल भित्र्याउने धनयुध्दमा मरेको चाहिँ शहीद,देशका सिमाना रक्षा गर्दा विदेशीसँगको लडाईंमा मरेको चाहिँ गुमनाम ! झोलेहरुको चेतना–बुध्दि देखेर ताजुब लाग्छ !’

युवराज खड्काले, ‘जिउँदो लाशलाई श्रध्दाञ्जली लेखेका छन् भने सुरेनले जिउँदो शहीद हो पृथ्वीको भार,’ उल्लेख गरेका छन् ।

नीम विश्वकर्माले, ‘राजगध्दीमा बसेको जिउँदो शहीद र स्वधर्म रक्षकले रिप कमरेड पुनः अर्को जुनी नेपालमा न जन्मिनु आमेन,’ भनेका छन् ।

टिप्पणीहरू