अन्ततः पैसासहित युक्रेन पस्यो अमेरिका

अन्ततः पैसासहित युक्रेन पस्यो अमेरिका

अमेरिकाले युक्रेनलाई ३५ करोड डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणविरुद्ध लड्न सो रकम बराबरको सैन्य सहायता स्वीकृत गरेका हुन् ।

३५ करोड डलर युक्रेनको सुरक्षाका लागि छुट्टयाउन राष्ट्रपति बाइडेनले विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई निर्देशन दिइसकेका छन् ।

यसैबीच,युक्रेनी सैनिकहरूले राजधानी किभमा रुसी हमलाको प्रतिकार गरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाको सामुन्ने कुनै हालतमा नझुक्ने बताएका छन् । यसैबीच, लडाईं शुरु भएपछि १ लाख २० हजार युक्रेनी अन्यत्र मुलुकमा विस्थापित भएको राष्ट्रसंघले जनाएको छ ।

टिप्पणीहरू