स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलन पर्सिदेखि

स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलन पर्सिदेखि

नेपालको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय शिखर सम्मेलन पर्सि आइतबारदेखि शुरु हुँदैछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा उक्त शिखर सम्मेलनको आयोजना गरिएको हो ।

परिषद्ले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा सम्मेलनको आयोजना गर्दै आएको छ । सम्मेलनमा देशभरबाट प्रतिनिधि वैज्ञानिकहरूको भौतिक तथा भर्चुअल उपस्थिति रहने परिषद्ले जनाएको छ । कोरोनाका कारण यसअघिका दुईवटा सम्मेलन पनि भर्चुअल माध्यमबाटै गरिएको थियो ।

सम्मेलनमा स्वास्थ्य वैज्ञानिकहरुलाई एकै ठाँउमा जम्मा पारेर स्वास्थ्यका विविध विषयमा अनुसन्धान गर्ने गरिएको बताइएको छ । सम्मेलनमा कोभिड र अनुसन्धान, नसर्ने रोग, स्वास्थ्य, मातृ स्वास्थ्यलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ । यो सम्मेलन तीन दिनसम्म चल्नेछ ।

टिप्पणीहरू