ओलीबारे अब बोल्न थाल्नेछन् एमाले गण
– नन्द बञ्जाडे, इञ्जिनियर
लेफ्ट जनमत असन्तुष्ट भयो । कांग्रेसको पपुलारिटी बढेर उसले यो मत पाएको होइन । यसबाट ओली कमरोडले सबक सिकेनन् भने अर्को चुनावमा अझ ठूलो बेहाल हुन्छ । यो पटक हार्नेहरू प्रदेश र जिल्लास्तरका कार्यकर्तामात्र हुन् । जो मूलतः केन्द्रीय राजनीतिको कारणले हारे । अब हार्ने पालो केन्द्रीय नेताहरूको हुनेछ ।
ओलीको दम्भ कायम रह्यो भने एमालेका सबै शीर्षस्थ नेताले हार्छन् । मैले एउटा शीर्षस्थ नेता योचाहिँ ढुक्कले जित्छ भन्ने कोही पनि देख्दिनँ, इन्क्लुडिङ केपी । हैन, ठीक छ भनेर चेतना आयो भने कमसेकम समाजवादी र एमाले एकीकरण तुरुन्तै हुन सक्छ । त्यसले घाउमा मल्हमपट्टी हुन्छ । माओवादीसँग एकीकरण त गर्दैनन् ओलीले त्यो म बुझ्छु तर उनीहरूसँग तालमेलचाहिँ हुन सक्छ ।
अगुल्टाले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ भनेजस्तो प्रचण्डले अहिले एकताको प्रस्ताव स्विकार्लान् भन्ने मलाई लाग्दैन । माओवादीको बार्गेनिङ पावर बढेको छ । उसले कांग्रेससँग बार्गेनिङ गर्छ, एमालेसँग पनि गर्छ । र, अन्तिममा कांग्रेसले माओवादीसँग संघीय निर्वाचनमा गठबन्धन गर्दैन । एमाले र माओवादी मिल्ने स्थिति आएन भने कांग्रेसले किन उससँग मिलिराख्नुपर्छ र ? लेफ्टहरू विभाजित भएपछि त उसले त्यसै जित्ने हो ।
ओलीले राष्ट्रिय सभाको चुनाव हारे, इञ्जिनियर हारे, वकिल हारे, पत्रकार हारे र पनि चेतेनन् । सामाजिक सञ्जालमा ओलीको दम्भको कारणले यस्तो भएको भनेर हिजो उनैका समर्थकले पनि लेखेका छन् । हिजो किन बोलेनन् थाहा छ ओलीका विरुद्ध ? ३५ हजारलाई त टिकटको आस थियो ! ३५ हजारमा कमसेकम त्यसको तीन गुणा बढी दाबेदार थिए । यसरी एक लाख चानचुन मान्छे आशावादी थिए टिकटै पाउँछु कि भनेर । अब हिजो टिकट नपाउने रुष्ट छन् । टिकट पाउनेहरूले पनि तिम्रो कारणले हा¥यौैं, तल हाम्रो बेस राम्रो हुँदाहुँदै हा¥यौैं भनेर रिस पोख्छन् ।
पा“च वर्षका लागि अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर हुनेहरु पनि खेर गए । उनको आडमा ढुंगा, गिट्टी बालुवाको कारोबार र सानोतिनो ठेक्कापट्टा गरेर खान्थे, ती पनि गए । म त्यसलाई इञ्जिनियरिङको टर्ममा अब्थ्रस्ट भन्ने गर्छु । यो भनेको पानीजहाजको तौलले तल धकेल्छ । अनि पानीले जहाजलाई माथि ठेल्छ र तैरिन्छ । एमाले अर्थात् वाम कार्यकर्ताहरूको तलको प्रेसरले पार्टी जीवन्त राख्ने हो भने अब ओलीलाई सुध्रन बाध्य बनाउनुपर्ने हो ।
किनभने अब हार्ने पालो केन्द्रीय नेताको हुनेछ । सुध्रेनन् भने केपी आफैँ हार्छन् । बिष्णु पौडेल हार्छन् । इश्वर पोखरेल हार्छन् । शंकर पोखरेल हार्छन् । प्रदीप ज्ञवाली हार्छन् । बिष्णु रिमाल त चुनावमै उठ्दैनन् । राजन भट्टराईजस्ता सल्लाहकारहरू पनि उठ्दैनन् । उठे भने पनि तिनको बेहाल हुन्छ । तल तल एकदमै गढमा कोहीले जिते छुट्टै, मुख्यले त सर्लक्कै हार्छन् । त्यसले गर्दा अबको केन्द्रीय कमिटी बैठकमै समीक्षा गर्नु जरुरी छ ।
९ महिनाको संसद् अवरोध केका लागि भनेर जवाफ दिनुपरेन दुनियाँलाई ? ६ जना उपाध्यक्षले हिजो किन ओलीको हैकमविरुद्ध बोलेनन् भने आफ्नालाई टिकट दिनु थियो । ओलीको विरोध गरे तिनले टिकट पाउँदैनथे । अब हिजो हार्ने बोल्छन् । टिकट नपाउने पनि बोल्छन् । केन्द्रीय नेताहरू तिमीसँग हामी किन सती जान्छौँ, तिम्रो कारणले यो सबै भयो भनेर कराउँछन् । नत्र ५ वर्ष सांसद हुनबाट वञ्चित हुँदैनन् केन्द्रीय नेताहरू ? हो, यो निजी स्वार्थले गर्दा पनि ओलीको विरोध शुरु हुन्छ अब ।
टिप्पणीहरू