अपराध

लाखौंको भन्सार छलीका सामानसहित मध्यराति ट्रक समातियो

हिजो मध्यरात वीरगञ्जमा भन्सार छलेर ल्याइएको सामान र ट्रक समातिएको छ । भन्सारबाट छुटेको ना.८ ख १६३९ नम्बरको ट्रकलाई सशस्त्र प्रहरीको टोलीले अनुगमन गर्दा साढे २७ लाखको सामान भन्सार नतिरी ल्याइएको फेला परेको हो । बिल र बिजकभन्दा फरक सामान भएको उक्त ट्रकमा मोबिल, हार्डवेयरका सामान,केमिकल थिए । तर, बिल र बिजकमा फरक र सस्तो खालका सामान रहेको उल्लेख थियो । भन्सार नजिकै खटिएको सशस्त्र प्रहरी बलको १३ नम्बर गण पर्साले गरेको छड्के जाँचमा उक्त रहस्य खुलेको हो । सशस्त्र प्रहरी नायव उपरीक्षक…

Page 193 of 200