रविका जिल्ला सभापतिमाथि आक्रमण
रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ले संखुवासभाका जिल्ला सभापति निलराज कार्कीमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ ।
गत शुक्रबार साँझ होटल सैनिक खाँदबारीमा सुत्न जाने क्रममा अज्ञात समूहद्वारा आक्रमण भएको पार्टीले जनाएको छ ।
पार्टी प्रवक्ता एवम् महामन्त्री मुकुल ढकालले उक्त घटनाप्रति घोर भत्र्सना जनाएका छन् । साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ ।
‘उक्त घटनाको निष्पक्ष छानबिन गर…