शहरभित्र

गणतन्त्रकी गौरव

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेबाट सम्मानित हुनुभएको छ । त्यो पनि सानोतिनो पदकबाट होइन । ‘गणतन्त्र गौरव’ नामको ठूलै उपाधिबाट । यस्तो उपाधि सरकारकातर्फबाट त उहाँलाई दिइने सम्भावना छैन । त्यसैले एमाले आफैले उपाधि दिएको हुनुपर्छ ।  वास्तवमा विद्यादेवी भण्डारी राष्ट्रपति बन्नुहँुदा गणतन्त्रको इज्जत पूरै बढारेको....क्षमा गर्नुहोला, बढाउनुभएको थियो । वास्तवमा गणतन्त्रमा राष्ट्रपति भनेको कस्तो हुनुपर्छ, त्यसको राम्रो नमूना उहाँले देखाउनुभएको थियो । भलै उहा…