प्रचण्ड र पुष्पकमल

प्रचण्ड र पुष्पकमल

नेपाली कांग्रेस यतिबेला प्रधानमन्त्री प्रचण्डको दुइटा व्यक्तित्व देखेर चकित छ । अस्ति एउटा अन्तर्वार्तामा कांग्रेसका द्वितीय महामन्त्री श्री विश्वप्रकाश शर्माले आफ्नो चकितभाव प्रकट गर्नुभयो । भन्नुभयो– प्रधानमन्त्रीभित्र दुइटा व्यक्तित्व छ, एउटा प्रचण्ड, अर्को पुष्पकमल दाहाल । उहाँ कुन बेला कुन व्यक्तित्वमा प्रकट हुनुहुन्छ ठेगानै हुँदैन । राजनीतिमा यसले समस्या पारेको छ ।

कांग्रेसले प्रचण्डसँग भनेर सम्झौता गरेको हुन्छ तर त्यो पुष्पकमल परिदिन्छ । पुष्पकमल भनेर सम्झौता गरिन्छ, पछि प्रचण्ड परिदिन्छ । यसैमा कांग्रेस चकित छ । कांग्रेसले पुष्पकमल दाहालसँग मिलेर सरकार बनाएको थियो ।

तर, उहाँ त दाहाल होइन, प्रचण्ड हुनुहुँदो रहेछ । १५ महिनापछि आएर थाहा भयो । पहिले कांग्रेसकै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रचण्डसँग शान्ति सम्झौता गर्नुभएको थियो । तर पछि थाहा भयो, उहाँ प्रचण्ड त प्रचण्ड नभई पुष्पकमल दाहाल हुनुहुँदो रहेछ । 

आफूले कोसँग सम्झौता गरिरहेको छ भन्ने नै थाहा नपाई सही ठोकिहाल्ने कांग्रेसको चालाचाहिँ गजब होइन र ?
 

टिप्पणीहरू