गणतन्त्रकी गौरव

गणतन्त्रकी गौरव
सुन्नुहोस्

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेबाट सम्मानित हुनुभएको छ । त्यो पनि सानोतिनो पदकबाट होइन । ‘गणतन्त्र गौरव’ नामको ठूलै उपाधिबाट । यस्तो उपाधि सरकारकातर्फबाट त उहाँलाई दिइने सम्भावना छैन । त्यसैले एमाले आफैले उपाधि दिएको हुनुपर्छ । 

वास्तवमा विद्यादेवी भण्डारी राष्ट्रपति बन्नुहँुदा गणतन्त्रको इज्जत पूरै बढारेको....क्षमा गर्नुहोला, बढाउनुभएको थियो । वास्तवमा गणतन्त्रमा राष्ट्रपति भनेको कस्तो हुनुपर्छ, त्यसको राम्रो नमूना उहाँले देखाउनुभएको थियो । भलै उहाँले राष्ट्रपतिका रूपमा गर्नुभएको दुइटा कार्यलाई सर्वोच्च अदालतले उल्टाइदिएको थियो ।

तर सर्वोच्चले आफ्नो कार्यलाई बदर गर्दा पनि उहाँ विचलित हुनुभएन । प्रधानमन्त्रीले अ¥हाएको काम गर्न राति अबेरसम्म राष्ट्रपति कार्यालय खुल्ला राख्नुभयो । राष्ट्रपतिले ‘रातदिन’ नभनी काम गर्नुहुन्छ भन्ने कुराको नमूना थियो त्यो । यस्तो राष्ट्रपति देशले पहिले कहिल्यै पाएको थिएन । न भविष्यमा पाउने छ ।

एमालेले यो उपाधि ती ती नेताहरूलाई साक्षी राखेर प्रदान गरेको थियो जसले कुनै बेला यही कार्यका कारण राष्ट्रपतिको कडा आलोचना गरेका थिए । मज्जा भएन त ?
 

टिप्पणीहरू