देश र अध्यादेश
देश अध्यादेशले चलाउने होइन । अध्यादेशले देश चलाउने चलन अब त्याग गर्नुपर्छ । सरकारले एकैचोटि ६ वटा अध्यादेश ल्याएपछि विपक्षीहरू कराउन थालेका छन् ।
सबैको एउटै राय छ– अध्यादेशले देश चलाउन पाइँदैन । त्यसो त नेपाल यस्तो देश हो जुन चलाउन अध्यादेश मात्र होइन केही पनि चाहिँदैन । कसैले केही नगरे पनि यो देश चल्छ । चलिरहेको छ । त्यसैले नेपाल चलाउन अध्यादेश चाहिन्छ वा चाहिँदैन भनिरहन पर्दैन । जुन देश चलाउन केही पनि चाहिँदैन, त्यस्तो देशलाई अध्यादेशमार्फत चलाउन खोजेपछि वि…