राष्ट्रपति ट्रम्पको मार

अमेरिकी राष्ट्रपति ‘डोलाल टुम्प’ आउनेबित्तिकै विश्वमा बबाल शुरु भएको छ । उनी अमेरिकाका चर्चित बबाली हुन् । त्यसैले उनको कार्यकालमा अमेरिका पूरा बबालमय हुने निश्चित छ । अहिले भर्खरै पनि नयाँ बबाल शुरु भयो ।
उनले चीन, क्यानाडा र मेक्सिकोबाट आयात हुने सामानमा प्रशस्तै भन्सार बढाए । यो शायद उनले ती देशलाई सबक सिकाउन चालेको कदम होला । तर घुमाएर यसको दण्ड भने स्वयम् अमेरिकी जनताले नै भोग्दैछन् । भन्सार बढाएपछि मूल्य बढ्छ, मूल्य बढेपछि महँगी बढ्छ, महँगी बढेपछि जनतालाई मार पर्छ ।
के ‘डोलाल टुम्प’ आफ्नै जनतालाई मार हान्न राष्ट्रपति भएका हुन् ? मान्छेले सोचेका थिए, राष्ट्रपति डोलालले अब विश्वभरका मान्छेलाई हानेको हान्यै गर्नेछन् । तर उनले सबैभन्दा पहिले आफ्नै देशको नागरिकलाई हाने । कतै ‘अमेरिका फस्र्ट’ भनेको यही त होइन ?
टिप्पणीहरू