‘कूल’गयो, ‘हित’ आयो

‘कूल’गयो, ‘हित’ आयो

आखिर विद्युत् प्राधिकरणबाट कुलमानलाई हटाउन सरकार सफल भएको छ । वास्तवमा देशमा सरकार छ, र त्यो चलायमान छ भन्ने कुराको प्रमाण हो यो । संसद् खुल्यो कि विपक्षीहरू प्रश्न गरिरहन्थे– यो देशमा सरकार कहाँ छ ?

ईः यहाँ छ ! प्रधानमन्त्रीज्यूले देखाइदिनुभयो । पाठकवृन्द ! यहाँहरूले पनि देख्नुभयो ? कुलमानलाई हटाएपछि सरकार पनि छ भन्ने थाहा भयो नि ! कुलमानले लोडसेडिङ हटाएर उज्यालो पार्दासमेत सरकारले देखिरहेको थिएन । कुलमान हटेपछि सरकार देखियो । वास्तवमा सरकारलाई कुलमानले पो छेकेका रहेछन् । 

अब विद्युत् प्राधिकरणमा कुलमान हटाएर हितमानलाई ल्याइएको छ । हितमान अर्थात् कमरेड हितेन्द्रदेव । सरकारलाई ‘कूल’ मन परिरहेको थिएन । अतः ‘कूल’ हटाएर ‘हिट’ ल्याइएको छ । अर्थात् ‘कूल’ को उल्टो ‘हिट’ । अब हेरौं, देशको तापक्रम बढेर कत्तिको हिट हुने हो !

टिप्पणीहरू