शहरभित्र

पेटीमा गमला

काठमाडौं महानगरपालिकामा दुई तीन दिनदेखि पूरै वसन्त ऋतु छाएको छ । जता हे¥यो उतै फूल । तर गमलामा । ठाउँ ठाउँमा अलरेडी तयार भइसकेको गमला ल्याएर फूल फुलाउन थालिएको छ । खाली ठाउँमा फूल फुलाएको भए त राम्रै भन्नुपथ्र्यो, फूलसहितको गमला राखेकाले काठमाडौंमा नक्कली वसन्त आएको भान हुँदै छ ।  गमला पनि कहाँ ? पेटीमा । सडक विभागले सडक विस्तार गरेर पेटी सानो बनाएको त छँदै छ । अब त्यो सानो पेटीको पनि एक छेउमा गमला राखिदिएपछि मान्छे हिँड्नेचाहिँ कहाँबाट ? पेटीभर…