शहरभित्र

न आलु, न प्याज

यसपालिको बजेट जो छ, त्यो प्रभावकारी हुने सरकारको दावी थियो । अहिले सत्य साबित हुँदैछ । किनभने सरकारले ल्याएको बजेटको प्रभाव देखिन थालेको छ । तपाईं बजार जानुस्, अनि आलु र प्याजको भाउ सोध्नोस् । बजेटको प्रभाव परेको प्रत्यक्ष देख्न सक्नुहुनेछ । अहिले बजारमा आलु आलु रहेन, प्याज प्याज रहेन । प्याज र आलु भनेको प्याज–आलु होइन, सुनको टुक्रा हो कि जस्तो भइसकेको छ । यो सबै बजेटको प्रभाव हो । सरकारले बजेट प्रभावकारी हुन्छ त भनेकै थियो । भइदियो । बजेटको पहिलो प्रभाव आलु र प्या…