पाथीभराको भिडन्तमा सुरक्षाकर्मी नै घाइते
ताप्लेजुङको पाथिभरा मन्दिर नजिकैको बलुडाँडामा केबुलकार निर्माणको विरोध गर्दै आएको समूह र सुरक्षा टोलीबीच भिडन्त भएको छ । फुङलिङ नगरपालिका ११,बलुडाँडा पुगेको सुरक्षा टोलीमाथि उक्त समूहले ढुंगामुढा गरेपछि बाध्य भएर अश्रु ग्यास र ग्यास ग्रिनेड प्रहार गर्नुपरेको बताइएको छ ।
अपरान्ह सुरक्षा बेश काफ्लेपाटीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा नेपाल प्रहरीसहितका गरी १५ जनाको संयुक्त टोली गस्तीको क्रममा जाँदा आक्रमण भएको बताइन्छ । पाथिभरा दर्शन केबुलकार निर्माण विरोधी समूहका झण्डै दुई दर्जनले अचानक ढुंगामुढा गरेको सशस्त्रको दावी छ ।
त्यसपछि टोलीले पाँच सेल अश्रुग्यास,दुई वटा ग्यास ग्रिनेड प्रहार गरेको थियो । थप मद्धतका लागि सुरक्षा बेश काफ्लेपाटीबाट सशस्त्र प्रहरी नायव निरीक्षक कृष्णदेव यादवको कमाण्डमा २० जना, केबलकार आयोजनाको निर्माणस्थल सुरक्षा बेश काफ्लेपाटीबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा थप २० जना, नम्बर १ गुल्म ताप्लेजुङबाट २५ जना र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । उक्त घटनामा पाँच जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
प्रदर्शनकारीतर्फ एक जनाको तिघ्रामा गोली लागेको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ
टिप्पणीहरू