शहरभित्र

सिंहदरबारको फोहोर

काठमाडौंका मेयर बालेन साहले अचानक फोहोर नउठाउने भनेपछि सिंहदरबारमा फोहोर थुप्रिन थालेको छ । सिंहदरबारमा फोहोर थुप्रिएपछि त्यो अहिले देशविदेशमै समाचारको विषय बनेको छ । अहिले सिंहदरबारमा दिनानुदिन फोहोर बढ्दै गइरहेको छ । तर, सिंहदरबारमा यतिबेला जति फोहोर थुप्रिएको हो, त्यो बालेन साहले नउठाएको कारणले मात्र थुप्रिएको हो जस्तो भने मलाई लाग्दैन । बालेन साहले सिंहदरवारमा जति फोहोर नउठाएको हो, त्योभन्दा बढी फोहोर त्यहाँ जम्मा भइरहेको छ । वास्तवमा सिंहदरबारमा यति धे…