शहरभित्र

एक पेग लेखाइ

शनिबार बेलुका नगरपिता श्री बालेन साहको स्टाटस आएपछि नगर जल्न थालेको छ । उहाँको स्टाटस आउँदा अलि ढिलै भइसकेको थियो । त्यसो त बालेन साहको आगो बाल्ने स्टाटसहरू शुक्रबार र आइतबारबीच अलि बेलुकै आउने चलन छ । उहाँ आगो अक्सर बेलुकै मात्र बाल्नुहुन्छ । दिउँसो बाल्नुहुन्न ।  बालेन साहका कुनै एक पिएलाई मैले सोधेको थिएँ, ‘मेयर साब अक्सर बेलुकै मात्र यस्तो लेख्नुहुन्छ । किन हँ ? उहाँको बिचार अलि बेलुका बेलुकातिर मात्रै फुर्ने हो कि ?’ पिएले भने, ‘होइ…