कोशीमा सिंहदरबार

कोशीमा सिंहदरबार
सुन्नुहोस्

कोशी प्रदेशमा चलिरहेको राजनीति देख्दा अबचाहिँ पक्का भएको छ कि सिंहदरवारको शक्ति गाउँ गाउँ पुगिसकेछ । पहिले पहिले सिंहदरवारको राजनीतिमा जे हुन्थ्यो, अब त्यही कुरा प्रदेशको राजनीतिमा पनि हुन थालेको छ । अझ प्रदेश त केन्द्रभन्दा पनि एक कदम 

एक भोटका लागि कोही बिरामी छन्, कोही बिदामा छन्, कोही अनिच्छुक छन् । सभामुख भनेको त केही पनि होइन । केही हो भने सरकार मात्रै हो । सरकार बनाउन कोशी प्रदेशमा जस्तो खेल चलिरहेको छ, त्यो भारतको बिहार वा उत्तर प्रदेशमा पनि कहिल्यै भएको थिएन होला । कोशी प्रदेशमा अहिले सरकारको प्रमुख काम भनेकै सरकार बचाउनु हो । अरु त केही कामै छैन । एउटा सरकार बचाउन त्यहाँ जस्तो खेल चलिरहेको छ, यसले जनतामा ठूलो आशा जगाएको छ ।

कोशी प्रदेशका नेताहरू एउटा सरकार बचाउन त यति धेरै मेहनत गर्छन् भने भोलि देश र जनता बचाउन झन कति मेहनत गर्छन् होला ? जसले सरकार बचाउन जान्छ, उसैले देश पनि बचाउन जान्छ । जाबो एउटा सरकार बचाउन नसक्ने नेताले देश कसरी बचाउँछ ? अतः देश बचाउनका लागि पनि सरकार नबचाइनहुने अवस्था छ । आखिर देशको खातिर जे पनि गर्नुपर्छ । होइन र ?
 

टिप्पणीहरू