राष्ट्रपतिबाट प्रधानमन्त्री

राष्ट्रपतिबाट प्रधानमन्त्री
सुन्नुहोस्

पूर्वराष्ट्रपति कमरेड विद्या भण्डारी फेरि एमालेमै फर्केर राजनीति गर्ने संकेत देखा परेको छ । यसले गर्दा एउटा तरंग पनि आएको छ । राष्ट्रपति भइसकेको मान्छे फेरि पार्टी राजनीतिमा आउँदा मान्छेले के भन्लान् ? हुन त मान्छेले जेसुकै भनोस् त्यो उहाँलाई मतलब भएको विषय होइन । भन्न त मान्छेले उहाँ राष्ट्रपति भएकै बेला पनि कति भनेका थिए नि ! तर भनेर केही भयो ? राष्ट्रपति नै भएको बेलाभन्दा त केही भएन भने अहिले भनेर के हुन्छ ?

अब एमालेमा आएर राजनीति गरेपछि उहाँको ध्यान त पार्टी अध्यक्ष बन्नेमै केन्द्रित हुन्छ होला । अध्यक्ष केपी ओलीको ठाउँमा अध्यक्ष विद्या भण्डारी । विद्या भण्डारी पार्टी अध्यक्ष बनेपछि अष्टलक्ष्मी शाक्यहरूको इज्जत के हुन्छ होला, त्यसपछिको कुरा भयो । ईश्वर पोखरेल, शंकर पोखरेल, बिष्णु पौडेलहरू त खाली नामकै मात्र देवता हुने होलान् । पार्टीचाहिँ देवीले चलाइरहेको हुनेछ । पार्टीमा गएपछि त अध्यक्ष नै बन्ने हो । अध्यक्ष बनेपछि चुनाव लड्नै पर्‍यो ।

नभए अध्यक्ष नै चुनावदेखि डराएको हल्ला चलाइदिन के बेर । चुनाव जितेपछि सरकार चलाउनुप¥यो । सरकार चलाउन प्रधानमन्त्री बन्नुपर्‍यो । यसरी एउटा राष्ट्रपतिजस्तो पदमा पुगिसकेको मान्छे पुनः प्रधानमन्त्री बन्न आउँदा मान्छेले के भन्दा हुन् ?

टिप्पणीहरू