नसुध्रिएको सुधारगृह

नसुध्रिएको सुधारगृह

भक्तपुरको बाल सुधारगृहमा बन्दी जीवन बिताइरहेका किशोरहरू सुधारगृहको ताला फोडेर बाहिर निस्केपछि काठमाडौंमा त्रासकै वातावरण छान्यो । जेल तोडेर बाहिर निस्किने यस्तो काम त अहिलेसम्म युवा बन्दीहरूले समेत गरेका थिएनन् । कताबाट हो किशोर बन्दीहरूले त्यो काम सम्पन्न गरेर देखाए । 

ती किशोरहरू ‘विद्रोह’ गरेर भागेको समाचारले के पुष्टि गर्छ भने, सुधारगृहमा राखिएको भए पनि किशोरहरू सुध्रिएका चाहिँ रहेनछन् । किशोरहरूको बानी व्यहोरा र चालचलनमा सुधार होस् भनेरै उनीहरूलाई सुधारगृहमा राखिने हो । तर, सुधारगृहमा राखिए पनि सुधारचाहिँ शून्य । उल्टो असुधार पो । यदि सुधारगृहमा राखेर पनि किशोरहरू सुधार हुँदैनन् भने सुधारगृहमा राख्ने नै किन ? अथवा जुन गृहमा उनीहरूलाई राखिने हो, त्यसलाई ‘सुधारगृह’ किन भन्ने ? यसबाट थाहा हुन्छ, सरकारले सुधारगृह त खोलेको छ तर त्यहाँ सुधारचाहिँ नहुने रहेछ । जुन गृहमा राख्दा किशोरहरूमा कुनै सुधार आउँदैन त्यसैको नाम सुधारगृह !

सरकारले खोलेका यी सुधारगृह नामको मात्रै सुधारगृह रहेछ भन्ने त यसबाट पनि थाहा भयो । हुन त अहिलेसम्म देशका नेताकै त सुधार भएको छैन, सुधारगृहका किशोरहरू मात्रै किन सुधार हुने ? होइन र ?
 

टिप्पणीहरू