विरोधै विरोध

विरोधै विरोध

सुन काण्डमा अरु एक जना अभियुक्त पनि पक्राउ परेको छ । कुरा सुन्दा यस्तो लाग्छ कि ठूलै अभियुक्त हुन सक्छ । तर, सरकारले ठूलो अभियुक्त के समायो,  एमालेले संसदमा फेरि हंगामा गरिहाल्यो । अहिले एमालेलाई के भएछ कुन्नि,  भ्रष्टाचारविरुद्ध सरकारले केही गर्‍यो कि एमालेले त्यसको विरोध गरिहाल्छ । 

सुन समायो,  संसदमा हंगामा । तस्कर समायो,  संसदमा हंगामा । चोर समायो,  संसदमा हंगामा । हंगामा मात्र होइन,  जसले समाएको हो उसैको राजीनामासमेत माग्ने । अब त एमालेले विरोध गर्ला भनेर सरकार तस्कर  भ्रष्टाचारीलाई समाउनसमेत डराइसक्यो होला । कोही तस्करलाई समाउनै नहुने । विमानस्थलमा आएको सुन समाउनै नहुने । समायो कि विरोध भइहाल्ने । 

के अब प्रमुख प्रतिपक्षी एमालेले देशमा भ्रष्टाचारविरोधी कामै नगराउने भयो त ?
 

टिप्पणीहरू