आँखा पाक्ने रोग

आँखा पाक्ने रोग
सुन्नुहोस्

अहिले देशका विभिन्न नगर रोग फैलिएको छ । केले गर्दा यो रोग लाग्ने हो थाहा छैन । तर, रोग लागेपछि चाहिँ आँखामा पानीजस्तो जम्ने रहेछ । जसले गर्दा हेर्नै नसक्ने हुँदो रहेछ । रोगको लक्षण हेर्दा त यस्तो लाग्छ, यो रोग जनस्तरमा फैलिएको मात्रै अहिले हो । सरकारका मन्त्री, कर्मचारीमा त उहीबेला फैलिसकेको रहेछ । किनभने सरकारका मन्त्रीहरूको आँखा नपाके पनि रोगको लक्षण भने ठ्याक्कै मिलेको देखिन्छ । 

अब रोगको लक्षण हेर्नोस्, आँखामा पानी जस्तो जमेपछि केही पनि नदेख्ने । हेर्नै नसकिने । मन्त्रीहरू, नेताहरू, कर्मचारीको पनि त त्यही हो नि ! आँखा नपाकेको मात्रै हो, देख्न त केही पनि देख्दैनन् । न एअरपोर्टमा सुन आएको देख्छ, न सुन गएको देख्छ । न बजारमा महँगी बढेको देख्छ । न भ्रष्टाचार देख्छ । न देश डुबेको देख्छ । न अर्थतन्त्र टाट पल्टेको देख्छ । न लाखौं युवाहरू विदेश गएको देख्छ । केही पनि देख्दैन । यो पनि यही रोगको लक्षण होइन र ?
 

टिप्पणीहरू