शहरभित्र

खोइ राष्ट्रपति ?

राष्ट्रपति रामचन्द्र पौडेल अस्ति संसद्मा कसैले बडो सरल ढंगले आउनुभयो । एउटा गाडी अगाडि, एउटा गाडी पछाडि । बीचमा राष्ट्रपति । बाटोमा राष्ट्रपति आएको हो कि कुनै नारीको पति आएको हो भन्नेसमेत थाहा पाउन सकेन । योभन्दा अघि राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा यस्तो थिएन । उहाँ त बाटोमा यसरी आउनुहुन्थ्यो जसरी कि कुनै राष्ट्रपति नै आउने गर्छ । बाटोमा राष्ट्रपति आउँदै छ भन्ने कुरा जनतालाई तीन घण्टाअघि नै थाहा भइसकेको हुन्थ्यो । किनकि राष्ट्रपति सवारी हुनु तीन घण्टा अघिदेखि नै बाट…