पेटीमा गमला

पेटीमा गमला

काठमाडौं महानगरपालिकामा दुई तीन दिनदेखि पूरै वसन्त ऋतु छाएको छ । जता हे¥यो उतै फूल । तर गमलामा । ठाउँ ठाउँमा अलरेडी तयार भइसकेको गमला ल्याएर फूल फुलाउन थालिएको छ । खाली ठाउँमा फूल फुलाएको भए त राम्रै भन्नुपथ्र्यो, फूलसहितको गमला राखेकाले काठमाडौंमा नक्कली वसन्त आएको भान हुँदै छ । 

गमला पनि कहाँ ? पेटीमा । सडक विभागले सडक विस्तार गरेर पेटी सानो बनाएको त छँदै छ । अब त्यो सानो पेटीको पनि एक छेउमा गमला राखिदिएपछि मान्छे हिँड्नेचाहिँ कहाँबाट ? पेटीभरि गमला राखेपछि मान्छे हिँड्नेचाहिँ सडकबाट कि घरको छतबाट ? अझ सबैभन्दा रमाइलो त भाडाका युट्युबेहरूलाई लागिरहेको छ । सडकको दायाँबायाँ बीस वटा गमला के राख्यो, काठमाडौं नै ढकमक्क फुल्यो भनेर हल्ला मच्चाइरहेका छन् । के काठमाडौंको सडकमा गमला राखेको यही पहिलोचोटि हो ?

ठीकै छ, गमला पहिले पनि राखिएको थियो । अहिले पनि राखियो । अब केही दिनपछि हेर्नुछ, गमलाको फूल पहिले हट्छ कि गमलै पहिले हट्छ !
 

टिप्पणीहरू