गणतन्त्रको मेयर

गणतन्त्रको मेयर

यसपालिको गणतन्त्र दिवसमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह उपस्थित हुनुभएन । काठमाडौंमा गणतन्त्र दिवस मनाएपछि काठमाडौंका मेयर त आयोजकै हुनुपर्ने हो । यो गणतन्त्र दिवसमा आयोजकै गायब ! आयोजक गायब भएपछि कार्यक्रम कस्तो हुन्छ, सबैलाई थाहा हुनुपर्छ । 

अब मेयरै अनुपस्थित भएपछि विभिन्न अर्थ त लाग्छ नै । यसमा पनि लाग्न थालेको छ । केही समयअघि पूर्व युवराज्ञी हिमानी शाहसँग कुराकानी गर्दै गरेको उहाँको भिडियो सार्वजनिक भएको थियो । अहिले गणतन्त्र दिवसमा उपस्थित नहुनुको अर्थ त्यहाँसम्मै जोडेर लगाउन थालिएको छ ।

गएको संसदीय चुनावमा उहाँले प्रदेशसभाको मतदान बहिष्कार गर्नुभएको थियो । यसलाई त्यहाँ पनि जोडेर अथ्र्याउन खोजिएको छ । 

हाल काठमाडौंका विभिन्न ठाउँमा बालेन साहको डोजर चलिरहेको हामी सबैले देखिरहेकै छौँ । अहिले उहाँको राजनीतिक गतिविधिहरू हेर्दा यस्तो लाग्छ, कतै भोलि गएर उहाँले नेपालको गणतन्त्र र संघीय व्यवस्थामाथि नै डोजर चलाउने त होइन ?
 

टिप्पणीहरू