भ्रष्टाचारको आरोपमा छिमेकका पूर्व गभर्नर पक्राउ

भ्रष्टाचारको आरोपमा छिमेकका पूर्व गभर्नर पक्राउ

चीनको केन्द्रीय अनुशासन निरीक्षण आयोगले स्वायत्त क्षेत्र सिचाङ (तिब्बत) का पूर्व गभर्नर छि चालामाथि अनुसन्धान थालिएको जनाएको छ । हाल चिनियाँ १४ औं जनराजनीतिक परामर्शदात्रीको स्थायी समिति सदस्य तथा कृषि, ग्रामीण मामिला समितिका उपनिर्देशक छिलाई समातेर अनुसन्धान थालिएको बुझिएको छ ।

उनी चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वायत्त क्षेत्रीय कमिटीका पूर्व उपसचिव,त्यसपछि सचिव र तिब्बत सरकारका प्रमुख थिए । नयाँ वर्ष २०२५ को प्रारम्भमा भ्रष्टाचार काण्डमा तानिएका छि चाला दोस्रा ठूला अधिकारी हुन् । 

पोखरा र चितवनको कृषि फार्मसमेत अवलोकन गर्न गएका उनी पोहोर फेरि चीनको माथिल्लो सभा सिपिपिसिसी र इनर मङ्गोलिया हेर्ने नेतासङ्गै नेपाल आएका थिए ।

उनी सन् २०१९ मा चिनियाँ राष्ट्रपति सि चिनफिङको  राजकीय नेपाल भ्रमण टोलीमा सहभागी थिए । पोखरा र चितवनको कृषि फार्मसमेत अवलोकन गर्न गएका उनी पोहोर फेरि चीनको माथिल्लो सभा सिपिपिसिसी र इनर मङ्गोलिया हेर्ने नेतासङ्गै नेपाल आएका थिए ।

टिप्पणीहरू