मिसन ८४

मिसन ८४

देशमा केही गर्छु भनेर आएको नयाँ पार्टी रास्वपाले भर्खरै आफ्नो लक्ष्य सार्वजनिक गर्‍यो– मिसन ८४ । प्रमुख प्रतिपक्षी दल एमालेले त अस्ति नै मिसन ८४ घोषणा गरिसकेको थियो ।

अहिले पश्चिमदेखि शुरु भएको एमालेको संकल्प यात्रा जो छ, त्यो पनि मिसन ८४ कै एउटा अंग हो । नेपाली कांग्रेसका महामन्त्री गगन थापा त अहिले नै मिसन ८४ को लाइनमा लागि नै सकेका छन् । 

यसबाट थाहा हुन्छ, देशका जम्मै राजनीतिक दल यतिखेर वि.सं. २०८४ को चुनावमा केन्द्रित छन् । उनीहरू जम्मैको ध्यान ८४ को चुनावतिर छ । अहिले देशमा भइरहेको कुनै पनि मुद्दामा उनीहरूको ध्यान छैन ।

न महँगीमा ध्यान छ, न गरिबीमा ध्यान छ, न बेरोजगारीमा छ, न युवा पलायनमा छ, न खस्कँदो शिक्षामा छ । ध्यान छ त एउटैमा छ, ८४ को चुनाव । राजनीतिक दलहरूलाई चुनाव भए अरु केही नचाहिने रहेछ ।

पुराना दलको त कुरै छोडौं, देशमा नयाँ गर्छु भनेर आएका दलहरूको ध्यानसमेत चुनावबाट हटेको छैन । के यी दलहरूलाई चुनाव भएपछि अरु केही नचाहिने नै हो ?
 

टिप्पणीहरू