गुरु र ‘गुरु’

गुरु र ‘गुरु’

त्यसो त काठमाडौंमा जति पनि सडक जाम हुन्छ, त्यसमा गुरुहरूकै दोष रहेको हुन्छ । कहिले कता गाडी रोक्छ, कहिले कता रोक्छ, कहिले रातो बत्तीमा पनि गइदिन्छ, कहिले काट्नै नहुने ठाउँमा पनि बाटो काटिदिन्छ । जाम हुने नै यसले हो । त्यसैले गुरुहरूका नाममा ट्राफिकले चिट काटेको काट्यै हुन्छ । तर पनि गुरुहरू सप्रिएको चाहिँ नाइँ । 

तर गत हप्ताको तीन दिन भने काठमाडौंमा अर्कै गुरुहरूले जाम मच्चाइदिए । यो जाम गर्नेचाहिँ साँच्चैको विद्यालयका गुरुहरू हुन् । वास्तवमा जाम गर्नमा विद्यालयका गुरुहरू पनि गाडीवाला गुरुहरूभन्दा कम्ता रहेनछन् । यी गुरुहरूले गरेको जाम देखेर गाडीवाला गुरुहरू समेत ट्वाँ परेका छन् । जाम भन्या त यस्तो पो हुनुपर्छ । अहिले गाडीवाला गुरुहरू सोच्दैछन्, सडकमा जाम पार्न के गर्ने हो त्यो ज्ञान विद्यालयवाला गुरुहरूबाट सिक्ने हो कि ?

वास्तवमा विद्यालयवाला गुरुहरूको शक्ति कक्षा कोठामा देखिनुपर्ने हो । दुर्भाग्य, सडकमा देखिइरहेको छ । अब शिक्षक नै सडकमा शक्ति देखाउन उद्यत छन् भने विद्यार्थीले टायर बाल्नुशिवाय अरु के पो सिक्थे र !
 

टिप्पणीहरू